नवयुग श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानमा नियुक्त

नेपाली राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ। निवर्तमान कप्तान किरण चेम्जोङलाई टिममा समावेश नगरेपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लामो समयदेखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको हो ।

एएफसी एसियन कप छनोटको तेस्रो चरणको तयारीका लागि कतार जान लागेको नेपाली टिमलाई विदा दिन मंगलबार आयोजित कार्यक्रममा नवयुगलाई कप्तान घोषणा गरिएको थियो।

राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकबीचको विवादपछि खेलाडीको समर्थनमा देखिएका किरणलाई कुनै खबर नगरी राष्ट्रिय टिममा समावेश गरिएको थिएन । नवयुगलाई टिम कप्तान नियुक्त गरिएको एन्फा अध्यक्ष शेर्पाले बताए । हाल नियमित टोलीका १० खेलाडी टिम बाहिर छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस