विराटनगरको मेयरमा कांग्रेसका कोइराला र उपमेयरमा एमालेकी कार्की विजयी

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला निर्वाचित भएका छन् । गठबन्धनको तर्फबाट उमेदवार बनेका नागेशले ३० हजार १७० मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी एमालेका सागरकुमार थापाले २१ हजार ४५५ मत प्राप्त पाए ।

उपमेयरमा भने गठबन्धनलाई हराउँदै एमाले निर्वाचित भएको छ । एमालेकी शिल्पा कार्की २५ हजार ६८० मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का अमरेन्द्र यादवले १४ हजार २१९ मत मात्रै पाए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस