११ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ८४७ नमूना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा १२ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १४९ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो समय काेरोनाविरुद्धको खोप लगाउनेको संख्या २० हजार ३४ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस