शेयर बजारः १५ दशमलव ८२ अंकले घट्यो नेप्से

शुक्रबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। बिहीबार २३ दशमलव ५१ अंकले घटेरको बजार आज पनि १५ दशमलव ८२ अंकले घटेर २ हजार २३५ दशमलव शून्य ९ विन्दुमा झरेको हो।

शुक्रबार २२३ वटा धितोपत्रको २५ लाख २४ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ९३ करोड २२ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

शुक्रबार १३ वटा समूहमध्ये आज पनि म्युचुअल फण्ड समूहको शून्य दशमलव ४६ प्रतिशतले बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

कारोबार रकमको आधारमा अरुण काबेली पावरको सर्वाधिक ३ करोड २ लाख ४५ हजार ५०७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस