नबिल बैंक र लगानी बोर्ड नेपालको कार्यालयसँग सम्झौता

नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ । यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवद्र्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्ड नेपालसँग सहकार्य गर्नेछ ।

नबिल बैंक पुर्वाधार विकासमा विगत ३७ बर्षदेखि नै योगदान गर्दै आइरहेको छ । यसै क्रममा पुर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० बर्षदेखि नै निकै सहभागिता र सक्रियता देखाउँदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रुपमा प्रवद्र्धन गर्दै आइरहेको छ ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरि नेपालको आर्थिक विकासलाई संयुक्तरूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य पुर्वाधारका कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पुरा गर्न नबिल बैंक र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्नेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

विदेशी लगानी भित्र्याउनका लागि बैंकको महत्वपूर्ण भूमिका रहेका कारण लगानी बोर्ड नेपालको कार्यालयले पहिलो पटक नबिल बैंकलाई साझेदार बनाएको भट्टले बताए । त्यसैगरि नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले नबिल बैंकले दिगो बैंकिङसँगै दिगो देश बनाउनमा पनि ध्यान दिएको बताए ।

सन् १९८४ देखि आफ्ना सेवा प्रदान गर्दै आएको नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस