रामेछापको मन्थलीमा एमालेका उम्मेदवार विजयी

रामेछाप जिल्ला सदरमुकामसमेत रहेको मन्थली नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का उम्मेदवार विजयी भएका छन् । मन्थली नगरपालिका प्रमुखमा एमालेका लब श्रेष्ठ ९ हजार ७१८ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विनोद कार्कीले ९ हजार १२२ मत ल्याए ।

उपप्रमुखमा एमालेकी ईश्वरी बस्नेत विजयी भइन् । बस्नेतले ९ हजार १६१ मत ल्याउँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत ल्याएकी छिन् ।

१४ वटा वडा रहेको मन्थली नगरपालिकामा एमालेले प्रमुख, उपप्रमुखसहित ६ वटा वडामा वडाध्यक्ष जितेको छ । एमालेले जितेकाे मन्थली वडा नं २ टेकानपुरमा सुरेन्द्र कार्की, वडा नं ३ कठजोरमा कृष्णगोपाल थापा, वडा नं ८ चिसापानीमा गोपाल श्रेष्ठ, वडा नं ९ पुरानागाउँमा गोकर्णराज आरण, वडा नं १३ फुलासीमा नवराज थापा मगर र वडा नं १४ फुलासीमा मोतीलाल तामाङ विजयी भएका छन् ।

मन्थली नगरपालिकामा कांग्रेसले ५ वटा वडामा वडाध्यक्ष जितेको छ। वडा नं. १ मा माओवादीसँग गठबन्धन गरेको कांग्रेसबाट रामहरि पौडेल निर्वाचित भएका छन् । वडा नं ४ सालुमा राजन घिमिरे, वडा नं ६ भलुवाजोरमा अशोक तामाङ, वडा नं ७ भटौलीमा भुवनहरि प्रसाईं र वडा नं १० चनखुमा गोपिलाल तामाङ कांग्रेसबाट निर्वाचित भएका छन्। एकीकृत समाजवादीबाट वडा नं ५ सुनारपानीमा नवीन कार्की विजयी भएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस