यूनाइटेड इन्स्योरेन्सले ९ महिनामा कमायो ९४ प्रतिशत बढी नाफा

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) ले चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा सुधाराेन्मुख प्रगति हाँसिल गरेको छ । साे कम्पनीले ९ महिनामा १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। याे अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९४ दशमलव १२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेश्रो त्रैमास अर्थात चैत मसान्तमा इन्स्योरेन्सले ५ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चालु आवको ९ महिनामा अधिकांश निर्जीवन बीमा कम्पनीको नाफा घट्दा यूनाइटेड इन्स्योरेन्सले नाफा बढाउन सफल भएको छ । जुन हालसम्म कम्पनीहरुले सार्वजनिक गरेका ९ महिनाको वित्तीय विवरणले दर्साएकाे छ । अहिले १ अर्ब २ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको बीमाकोषको आकार पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीको बीमाकोष ३३ करोड ३७ लाख रुपैयाँबाट बढेर ४० करोड १५ लाख रुपैयाँ पुगेको छ । जगेडा कोषमा १७ करोड ७० लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५१ लाख रुपैयाँ रहेको छ ।

हालसम्म इन्स्योरेन्सले १ अर्ब २५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा ४२ दशमलव ८५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा ८७ करोड ८६ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेको थियो ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन सम्बन्धी जानकारीमूलक कार्यक्रम

काठमाडौँ । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म …

प्रतिकृया दिनुहॊस