झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्ला इलाममा गठबन्धनको अग्रता

काठमाडाैँ । इलाममा स्थानीय तह निर्वाचनको मत गणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । इलाम नगरपालिकामा सत्ता गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका केदार थापाले अग्रता लिएका छन् ।

इलाम नगरपालिका-१ साँखेजुङ्गको मत गणना हुँदा कांग्रेसका केदार थापाले १७७ मत पाउँदा एमालेका धिरेन चेम्जोङले १२१ मत पाएका छन् । इलाम नगरपालिका एमाले नेत सुवास नेम्वाङको गृह नगर हो । सूर्योदय नगरपालिकामा गठबन्धनका उम्मेदवार रणबहादुर राईले अग्रता लिएका छन् ।

उनले ८० मत पाउँदा एमालेका काजीमान कागतेले ७० मत पाएका छन् । सूर्योदय नगरपालिका सत्ता गठबन्धनमा आवद्ध दल नेकपा एकीकृत समाजवादीका नेता हुन् । माङसेबुङ्ग गाउँपालिकामा गठबन्धनका उम्मेद्वार कांग्रेसका डिकेन्द्र इदिङ्गोको शुरुवाती अग्रता छ । चार सय मत गणना हुँदा इदिङ्गोले २५६ र एमालेका उम्मेदवार हेमन्त राईले ५८ मत पाएका छन् ।

माईजोगमाई गाउँपालिकामा एकालेका कुशबहादुर थेबेले अग्रता लिएका छन् । थेबेले २०३ मत पाउँदा गठबन्धनका उम्मेदवार जीतबहादुर राईले १६० मत पाएका छन् । इलामकै सन्दकपुर गाउँपालिकामा पनि गठबन्धनको अग्रता कायमै छ । ५०० मत गन्दा प्रमुखतर्फ नेपाली कांग्रेसका उम्मेदवारले २३५ मत पाएका छन् । एमाले उम्मेदवारले १८२ मत ल्याएका छन् । उपाध्यक्षतर्फ एकीकृत समाजवादीका उम्मेदवारले १३७ मत प्राप्त गर्दा एमाले उम्मेदवारले १४८ मत प्राप्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुपाल्चोक दुर्घटनाका मृतकमध्ये २ जनाको सनाखत

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ …

प्रतिकृया दिनुहॊस