कांग्रेसले खोल्यो जितको खाता, नार्पाभूमिमा लामा विजयी

काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिकाबाट नेपाली कांग्रेसले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । नार्पाभूमिको अध्यक्षमा कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका हुन् ।

उनले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि अध्यक्ष बने । प्रतिद्वन्द्व स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् । यसअघि उपाध्यक्षमा नेकपा एमालेका मेङमर फुन्चो लामा निर्विरोध भएका चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपाध्यक्षमा कांग्रेस, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता नगरेपछि मेङमरको एकल उम्मेदवारी परेको हो । नार्पाभूमि गाउँपालिका १ मा कांग्रेसका फुर्वा ठेले लामा निर्विरोध भइसकेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक, अधिकारलाई पूर्ण सुनिश्चित …

प्रतिकृया दिनुहॊस