भारतमा एक दिनमा २ हजार ८२७ कोरोना सङ्क्रमित थपिए

भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म २ हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १३ हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः केही दिनयता नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो। यद्यपी गत मङ्गलबार र बुधबार भने केही कमी देखिएको हो । २४ घण्टाको समयावधी भएका यी नयाँ सङ्क्रमितमध्ये ९७० राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ। हाल राजधानीमा पाँच हजार २०२ जना सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २४ जनाको मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १८१ पुगेको छ। भारतभरि अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।

भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ । चौविस घण्टाको समयावधी अर्थात बुधबार मध्यरातिसम्म तीन हजार २३० कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ७० हजार १६५ सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस