नेकपा बहुमतको स्पष्टीकरण- ‘चुनाव बहिष्कार गर्ने नीति छैन’

काठमाडौँ । नवगठित नेकपा (बहुमत)ले चुनाव बहिष्कार गर्ने नीति नरहेको स्पष्टीकरण दिएको छ । संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई प्रहरीले नियन्त्रणमा दिएपछि विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टीकरण दिएको हो ।

कुनै पनि विस्फोटन जन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको सो पार्टीले स्पष्ट पारेको छ । ‘बुटवल घटनाको जिम्मा नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले लिइसकेको कुरा सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीले कुनै पनि विस्फोटनजन्य र सशस्त्र बहिष्कार गर्ने नीति नलिएको कुरा सार्वजनिक रूपमा स्पष्ट गर्न चाहन्छौँ ।’

बुधबार अबेर रुपन्देहीको बुटवलमा भएको बम विस्फोटसँग जोडेर बास्तोलालाई षडयन्त्रपूर्वक पक्राउ गरिएको भन्दै नेकपा बहुमतले आपत्ति जनाएको छ । नेकपा बहुमतका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कञ्चन पोखराबाट प्रशिक्षण सकी बाँकेस्थित घरमा जाँदै गर्दा बुटवलमा बम विस्फोट गराइनु र उहाँलाई गिरफ्तार गर्नु सुनियोजित षड्यन्त्र रहेको कुरा स्पष्ट छ ।’

बुटवल घटनाको जिम्मा नेकपा (माओवादी)ले लिइसकेको र त्यसमा आफ्नो सहभागिता नै नरहेको नेकपा बहुमतले दाबी गरेको छ । पोखराबाट राजनीतिक प्रशिक्षण सकेर बाँके घरमा जाँदै गर्दा प्रहरीले दाङको भालुवाङबाट पक्राउ गरेको थियो । यद्यपि उनलाई सामान्य सोधपुछ पछि छोडिसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार यादवले मोटरसाइकल दुर्घटनामा गुमाए ज्यान

काठमाडौं । धनुषाका पत्रकार विनय यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । जनकपुर–ढल्केवर सडकखण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस