स्थानीय निर्वाचन : एक सातायता पाँच लाखले छाडे काठमाडौं

काठमाडौं । स्थानीय तह निर्वाचनको अघिल्लो दिन आज पनि काठमाडौंको कोटेश्वर-जडीबुटी क्षेत्रमा विहानैदेखि यात्रुको चाप छ । भोलि गाडी नचल्ने भएकाले भोट हाल्न गाउँ घर जानेको घुइँचो बढेको छ ।

हिजो एकै दिन ८३ हजार ६६० यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाका अनुसार हिजो कलङ्की, कोटेश्वर-जडीबुटी र फर्पिङ नाका हुँदै ८३ हजार ६६० यात्रु बाहिरिएका छन् । हिजो कलङ्की, कोटेश्वर जडीबुटी लगायत क्षेत्रमा यात्रुको भिड थियो । गाडी नपाउँदा हिजो धेरै यात्रु घण्टौंसम्म गाडी कुरेर बसेका थिए । गाडी पाएकाहरु पनि बीचबाटोमा घण्टौं जाममा परेका थिए ।

पालिका चुनावका लागि एक हप्तायता पाँच लाख हाराहारी यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बाल नर्सिङ राणाले जानकारी दिए । गएको २१ गतेदेखि नै यात्रु बाहिरिन थाले पनि अस्ति र हिजो भिड धेरै थियो । यस्तै, हिजो धेरैजसो लामो दूरीका यात्रु बाहिरिएका थिए ।

आज भने मध्यम दूरीका यात्रु धेरै बाहिरिने क्रममा रहेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार आज नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखा लगायत जिल्लामा जानेको संख्या धेरै छ ।

यस्तै भोट हाल्न जानेको संख्या बढेसँगै काठमाडौं उपत्यकामा गाडीको संख्या केही कम भएको छ । राजनीतिक दल तथा उम्मेदवारहरुले मतदाता ओसारपसार गर्नका लागि सार्वजनिक गाडी रिजर्भमा लैजान थालेकाले काठमाडौंमा गाडीको संख्या केही घटेको हो । काठमाडौंमा २० देखि २५ प्रतिशतले गाडीको संख्या घटेको सिटौलाले जानकारी दिए ।

गाडी पाउनै मुस्किल
भोलि हुन गइरहेको पालिका चुनावका लागि गाउँघर फर्कनेको घुइँचो छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने मुख्य नाकाहरु नयाँ बसपार्क, कलङ्की, कोटेश्वर, बल्खु लगायतका ठाउँमा निकै भिडभाड छ ।

दूधे बालक बोकेका महिला, साना बच्चासहितका अभिभावक, बुढाबुढी तथा अन्य शारीरिक अपाङ्गता भएका मानिस पनि गाडीको प्रतिक्षामा बाटोमा देखिन्छन् । अरु बेला नियमित १०/१० मिनेटको समयमा गुड्ने गाडी यो बेला एक घण्टा कुर्दा पनि नआएको यात्रुको गुनासो छ ।

गाडी आइहाले पनि पहिले नै भरिएर आउने कारणले कोटेश्वर, कलङ्की लगायतका ठाउँमा गाडी कुर्नेहरु हेरेको हेर्यै देखिन्छन् । विशेष गरी आफ्नै व्यवस्थापनमा चुनावका लागि भोट दिन गाउँ जान खोज्नेहरुलाई गाडी पाउन मुस्किल भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौँ । जाजरकोट, जुनिचाँदे गाउँपालिका–६ रामेलास्थित सडकमा भे.२ त ५२७ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना …

प्रतिकृया दिनुहॊस