के निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द हुन्छ ?

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दुई दिन अगाडिदेखि नै अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्न सरकारलाई पत्राचार गरेको छ । आयोगको पत्रमा वैशाख २७ गते मंगलबार मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाका भएर आवतजावत बन्द गर्न भनिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बसेको आयोग पदाधिकारीको बैठकले निर्वाचनसँग सम्बन्धित व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन यस प्रकारको निर्णय गरेको हो । आयोगको आग्रहबमोजिम सरकारले निर्णय गरे नेपाल-भारत र नेपाल-चीन सीमामा आवतजावत तीन दिनसम्म पूर्ण रूपमा बन्द रहनेछ ।

आयोग पदाधिकारीको उक्त निर्णयपछि गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगले जनाएको छ । त्यसैगरी आयोगले मतदान हुने दिन वैशाख ३० गते देशभरि आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारको यातायातका साधनसमेत बन्द गर्न आग्रह गरेको छ । स्थानीय निर्वाचनको मौन अवधि २७ गतेदेखि नै शुरु हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस