पर्साको सखुवाप्रसौनीमा गोली चल्यो

काठमाडाैँ । पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ औराहामा बिहीबार राति गोली चलेको छ । राति करिब साढे ९ बजेतिर दुई राउण्ड गोली चलेको आवाज सुनेको स्थानीयको सूचनापछि प्रहरी औराहामा पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार स्थानीय मंगलबहादुर ब्लोनको घरको धानको भकारीमा गोलीको अगाडिको भागले लागेको देखिएको छ ।

घटनास्थलमा गोली जस्तै फलामको टुक्रा बरामद भएको प्रहरी नायब उपरीक्षक खनालले बताए । गोली कसले र किन चलायो भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको खनालको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन

काठमाडौं । साहित्यकार तथा गीतकार प्रकट पंगेनीको निधन भएको छ । पंगेनीको मणिपाल शिक्षण अस्पतालमा …

प्रतिकृया दिनुहॊस