आइएमई पे र गोल्डस्टारवीच सम्झौता, गोल्डस्टार जुत्तामा ३० प्रतिशत छुट

आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारवीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुत्तानी गर्दा ३०% देखि रू. ३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरेका छन्।

शुक्रबारकादेखि सुरु हुने यो सिमित समयको अफर हो, जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा Web Checkout मा ३०% देखि रु ३०० सम्मको छुट रहेको छ भने गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा SMART QR मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

उक्त योजनाको बारेमा बोल्दै आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेतले आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन् भन्ने कुरामा विश्वस्त रहेको बताए । साथै गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाने कुरामा विश्वस्त भएको बताए ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस