सूर्या लाइफका बीमितलाई ३५ प्रतिशतसम्म व्याज छुट

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखमा ३५ प्रतिशतसम्म व्याज छुट दिने वताएकाे छ । इन्स्योरेन्सले विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क बुझाउन ढिला भएका बीमितहरुलाई सो मात्राको छुट दिएको हो । इन्स्योरेन्सका अनुसार बीमितहरुले अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिले २ वर्षदेखि व्यतित भएका बीमालेखमा ३५ प्रतिशत व्याज छुट पाउने भएका हुन् । यो छुट २०७९ बैशाख २१ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म मात्रै लागू हुने इन्स्योरेन्सले वताएकाे छ । सन् २०२२ मा परिपक्व हुने बीमालेखमा भने यो छुट लागू नहुने इन्स्योरेन्सले जनाएको छ । यो सुविधा अन्तर्गत एक पटक व्याज छुट लिई सकेका बीमितहरुलाई बीमा अवधिभरी पुनः छुट नदिइने कम्पनीले जानकारी दिएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस