युक्रेन पुगिन् अभिनेत्री एन्जेलिना जोली

एजेन्सी । हलिवुड अभिनेत्री एन्जेलिना जोलीले युक्रेनको भ्रमण गरेकी छन् । शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघको विशेष दूत समेत रहेकी अभिनेत्री जोलीले पश्चिमी युक्रेनी शहर लभिभमा रहेको बोर्डिङ स्कूल र मेडिकल संस्थाहरुको भ्रमण गरेकी छन् ।

लभिभको क्षेत्रीय सैन्य प्रशासनका प्रमुख म्याक्सिम कोजित्स्कीले जोलीको भ्रमण बारे भनेका छन्- ‘एक चिकित्सा संस्थामा, उनले क्रामाटोर्स्क रेल स्टेसनमा रूसी सेनाको मिसाइल आक्रमणबाट पीडित बालबालिकाहरूलाई भेटेकी छिन् । उनीहरूका कथाहरू सुनेर उनी धेरै प्रभावित भइन् ।

यस क्षेत्रको एक बोर्डिङ स्कूल भ्रमण गरेपछि जोलीले फेरि आउने वाचा गरेकी छन् । ‘उनले लभिभको मुख्य रेलवे स्टेशनमा चिकित्सा र मनोवैज्ञानिक सहायता प्रदान गर्ने हाम्रा स्वयंसेवकहरूसँग कुरा गर्न पनि समय निकालिन् । उनले उनीहरूको कामको लागि धन्यवाद दिइन् । उनले युक्रेनका विभिन्न शहर छोडेर लभिभ आएका मानिसहरूसँग कुरा गरेकी थिइन् । यो भ्रमण हामी सबैका लागि अचम्मको थियो ।’ कोजित्स्कीले बताए ।

युएनएचसीआरको ग्लोबल कम्युनिकेसन प्रमुख जोंग-एह गेडिनी-विलियम्सले एन्जेलिना जोली आफ्नो व्यक्तिगतरुपमा नै यस क्षेत्रको यात्रा गरेको बताएका छन् । यसअघि शनिबार जोलीले लभिभको कफी पसलमा गएको तस्विर खिचेकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस