न्यादीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा

काठमाडाैँ । लमजुङकाे न्यादी आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । मर्स्याङ्दी गाउँपालिका-६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एण्ड इन्स्टलेसन कम्पनीले निर्माण गरेको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको बिजुली केही दिनदेखि उक्त प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्यका अनुसार नेपाल विद्युत् प्राधिकरणद्वारा पाँच दिनदेखि बिजुली उत्पादन परीक्षण गरेसँगै पाँच दिनअघिदेखि राष्ट्रिय प्रसारण लाइनमा आयोजनाको बिजुली जोडिएको छ ।

प्राधिकरणले गत ६ गते मङ्गलबारदेखि तीन दिनसम्म सुक्खा परीक्षण र दुई दिन चलाएर नै परीक्षण गरेको थियो । सफल परीक्षण भएपछि राष्ट्रिय प्रसारण लाइनमा जोडिन सफल भएको छ । नदीमा पर्याप्त पानी नहुँदा दैनिक १० देखि १५ मेगावाट मात्र बिजुली उत्पादन भइरहेको आयोजना प्रमुख अमात्यको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिष्थितिमा पनि उत्साहजनक सहभागिता

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा भएको छ । एक्स्पो आयोजक …

प्रतिकृया दिनुहॊस