कविताः नयाँ वर्ष २०७९ काे हार्दिक शुभकामना…!!!

  • महेशराज खरेल

~~~~~~~~~~~~~

नयाँ वर्ष २०७९,
तिमी आउँदा यसपटक देश विकासकाे उत्कृष्ट सीप र दृष्टिकाेण लिएर आउ,
घात र प्रतिघातले थिलथिलाे नेपाल निर्माणकाे दृढ अठाेट बाेकेर आउ।।

भेटेका छाैं तिमीले देशमा,
बाेक्सा ,बाेक्सीकाे आराेपमा कुटिएका,
हेपिएका, थिचिएका र मिचिएका,
दाईजाेकाे अभावमा दवाईएका,जलाईएका,
जात र पातकाे आराेपमा ,
सामाजिक अपहेलना खेपिरहेका,
विपन्नताकाे शिखर बाेकेर
कष्टकर जीवन घिसारिरहेका,
उपचारकाे अभावमा मृत्युलाई पर्खिरहेका,
बलात्कारकाे शिकारमा परेका अवाेध बालिका,
तड्पिईरहेका वा जीवन लिला नै समाप्त गरिइने गरेका,
ब्यभिचारयुक्त कार्यहरु,
मध्ययुगिन सामाजिक पछाैटेपन अशिक्षाकाे कालाे पर्दा,
ती सबै अभाव र अमानवियता च्यातेर,
अन्याय ,अत्याचार र ब्यभिचारविरुद्ध ,
न्याय र समानताका लागि ,आधुनिक एवम्,
निष्ठापूर्ण जीवनकाे स्राेत बनेर आउ ।।

थाहै छ, तिमीलाई यहाँ,
मुलुक जीवनले विप्रेषण साटेर चलिरहेछ,
बृद्ध आमा बुवाकाे सहारा,
नवदुलहीकाे सपना,
लाला र बालाकाे भविष्य ,
सबै सबै बन्द बाकसमा आउने गरेकाे छ,
तिमी यसपटक आउँदा,
उद्धानकाे लक्ष्य लिएर ,
देशकाे चाैतर्फी विकाससहित
राेजीराेटी बाेकेर आउ,
निसाहय बुवा आमाकाे सहारा ,
निस्पृहता याैवनाकाे भविष्य ,
र नाबालककाे सुन्दर सपना ,
सबै सगै लिएर आउ।।

तिमीले देखेकै छाै,
हाम्रा उर्वर धरती
बाँझाे परेर राेइरहेका छन्,
पाैरखी युवा र युवती आफ्नाे अमूल्य रगत पसिना ,
विदेशी धरतीमा पाेखाइरहेछन् ,
कृषि प्रदान देश हाम्राे खर्वाैंकाे खाद्धान्न आयात र बन्द निर्यातले
शाेधान्तर घाटाकाे जीवन चलाइरहेछ,
तिमी आउँदा यसपटक,
नव प्रविधिले शुसन्जीत सृजना बाेकेर आउ,
सवल ,स्वतन्त्र एवम् ,राष्टिय अर्थतन्त्र निर्माणकाे आधारशिला खडा गर्न ,
तिमी आयात प्रतिस्थापनकाे
दक्षतासहित प्रतिबद्ध बनेर आउ !!

हामीले भाेगी रहेका छाै,
पहिले पहिले तल्ला घरेले मात्र हाम्राे खेतकाे सीमा मिच्थे,
अहिलेभिन्नै उद्देश्य बाेकेर,
पल्लाघरेहरु पनि थपिएका छन्,
हाम्रा सद्भाव र मित्रताका मानकलाई
धारिलाे हतियारले रेटिरहेका छन्,
काेठेबारीका हाम्रा राम्रा फलफूलहरु,
उनले आफ्नाे पेवा बनाउँदैछन्,
हाम्रा गाईवस्तु चर्ने जाैवारी र रानीवनमा
उनका साँडेले सखाप पारिरहेका छन्,
हाम्रा रितिरिवाज, मान्यता र परम्परामा,
उनले विषाक्त फर्मान चलाउँदैछन्
अझ भनुँ अनुदान र मानकाे नाममा
हाम्राे राष्ट्रिय स्वाभिमान खाेक्राे बन्दैछ

तिमी यसपटक
अस्तित्व रक्षाकाे शक्तिशाली कवच बनेर आउ।।
संसारका ठूला साना,
धनी गरिवबीच रहेकाे
असमानताकाे पर्खाल ताेडेर,
समानताकाे अमिट नीधि र विधि बनेर आउ।।

बुझेकै छाै तिमीले,
अपार जलसम्पदाकाे धनी हाम्राे देश,
सिंचन नभएर बाँझाे परेकाे हाम्राे बारी अनि खेत,
उर्जा नै उत्पादन र विकासकाे मूल आधार,
झलमल्ल बत्तीकाे अभावमा
अंधेराेमा बितेकाे हाम्राे परिवेश,
झाेलामा खाेला अटाउने हाम्राे चलन,
अर्काकाे स्राेत कब्जामा रमाउने छिमेकी मन,
कसरी भनुँ म तिमीलाई,याे कुरा !!अनि नभनु कसरी?
तिमी आउँदा यसपटक
निष्ठापूर्वक राष्ट्रियता बाेकेर आउ।
सबै विकृति र विसंगति हटाउने हतियार पनि साथमै लिएर आउ ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस