सलमान खान पर्यटनमन्त्री आलेसँग माउन्ट फ्लाइट जाने

काठमाडौँ । बलिउड सुपरस्टार सलमान खान पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट जाने भएका छन् । आउँदो जेठ १२ गते नेपाल आउन लागेका उनी मन्त्री आलेसँग माउन्ट फ्लाइट जाने भएका हुन् ।

खान १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुनेछन् । उनी त्यसको दुई दिनअघि काठमाडौँ ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्ट फ्लाइट गर्ने तय भएको हो ।

सोही दिन उनले सगरमाथा क्षेत्रमा ब्रेक्रफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजीव श्रेष्ठले जानकारी दिए । १४ जेठ साँझ मात्रै दशरथ रङ्गशाला बलिउड कलाकारसहित स्टेजमा खान पुग्नुअघि अपराह्न १२ बजेदेखि नेपाली कलाकारले प्रस्तुति दिइसक्ने उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस