रोनाल्डोलाई पुत्र शोक, नवजात जुम्ल्याहामध्ये एकको मृत्यु

काठमाडौं । म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई पुत्र शोक परेको छ । भर्खरै जन्मिएका नवजात जुम्ल्याहा बच्चामध्ये एकको मृत्यु भएको हो ।

रोनाल्डोले सोमबार राति सामाजिक सञ्जालबाट नवजात जुम्ल्याहा बच्चामध्ये छोराको मृत्यु भएको जानकारी गराएका छन् । जुम्ल्याहा जन्मिएकी छोरी भने स्वस्थ रहेको उनले जानकारी दिएका छन् । रोनाल्डोकी श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन् । यसअघि पनि जुम्ल्याहा सन्तान पाएको यो दम्पतिको चार बच्चा अगाडि नै थिए ।

म्यानचेस्टर युनाइटेडका फरवार्डले आफ्नो नवजात छोराको मृत्यु भएको घोषणा गरेपछि क्रिस्टियानो रोनाल्डोले गोपनीयता मागेका छन् ।

रोनाल्डो र रोड्रिग्वेजले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गहिरो दुःखका साथ हामीले हाम्रो बच्चाको निधन भएको घोषणा गर्न चाहन्छौं । यो सबैभन्दा ठूलो पीडा हो जुन कुनै पनि आमाबाबुले महसुस गर्न सक्छन् । हाम्रो छोरीको जन्मले मात्र हामीलाई यस क्षणलाई केही आशा र खुशीका साथ बाँच्न बल दिन्छ । हामी डाक्टर र नर्सहरूलाई उनीहरूको सबै विशेषज्ञ हेरचाह र समर्थनको लागि धन्यवाद दिन चाहन्छौं । हामी सबै यस क्षतिमा स्तब्ध भएका छौं र हामी यो धेरै कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौं । हाम्रो बच्चा, तिमी हाम्रो परी हौं । हामी तिमीलाई सधैं माया गर्नेछौं ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस