जेठ ११ र १५ गते नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

एएफसी एसिया कप छनोटको तेस्रो चरणको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अफगानिस्तानसँग दुई मैत्रीपूर्ण तय भएको जनाएको हो। दोहामा हुने मैत्रीपूर्ण खेल जेठ ११ र १५ गते हुनेछ।

छनोटको समूह “ए” मा रहेको नेपालसँगै जोर्डन, कुवेत र इन्डोनेसिया छन् । तीनै टोली फिफा वरियतामा नेपालभन्दा माथि छन्। छनोटको सबै खेल कुवेतामा हुनेछन्।

यसअघि नेपाली टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटको लागि २५ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस