तनहुँ हाइड्रो पावरको प्रगति ज्यादै निराशाजनक

काठमाडौं । एसियाली विकास बैंकले तनहुँकाे दमैलीमा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ हाइड्रो (माथिल्लो सेती) जलाशय जलविद्युत आयोजनाको प्रगति ज्यादै निराशाजनक रहेको औंल्याएको छ ।
बिहीबार अायाेजित  एसियाली विकास बैंकको लगानीका आयोजनाको त्रिपक्षीय समीक्षा बैठकमा ऊर्जा तथा जलविद्युतका आयोजनामध्ये तनहुँ हाइड्रो निकै पछि परेको निष्कर्ष छ ।

लक्षित समयभित्र तोकिएको खर्च तथा भौतिक प्रगति गर्न नसकेकोप्रति बैंकले प्रश्न उठाएको हो । सन् २०१८ का लागि यो दोस्रो त्रैमासिकको समीक्षा बैठक हो ।

बैठकमा आयोजनाको पहिलो प्याकेजको ठेक्का सम्झौता गर्न समय लागेको र यही कारण लक्षित बजेट खर्च हुन नसकेको कारण देखाइएको छ ।

तनहुँ हाइड्रो पावर लिमिटेडले साउन ८ गतेमात्र पहिलो र दोस्रो प्याकेजको ठेकेदार छनोट गरेको छ । तर, सम्झौता गरेको छैन ।

ठेक्का ढिलाई हुनुमा भने  बैंकनै जिम्मेवार छ । प्रारम्भिक सूचीमा परेका कम्पनीको अन्तिम छनोटको स्वीकृति दिन एडिबीले महिनौं लगाउँदा समयमा काम हुन नसकेको हो ।

यता सन् २०१८ मा ७ करोड ६५ लाख अमेरिकी डलरको ठेक्का गर्नुपर्ने लक्ष्य तोकिएको छ । दोस्रो त्रैमासिक अर्थात् गत असार १६ गते (सन् २०१८, जुन ३०) सम्म५ करोड ५० लाख ८० हजार डलरबराबरको ठेक्का गर्ने लक्ष्य थियो । तर, यस अवधिमा १० लाख २० हजार डलरको मात्र काम भएको देखाइएको छ । एडिबीका अनुसार आयोजना चालू वर्ष १ करोड २७ लाख डलर खर्च गर्नुपर्ने सीमा तोकिएको छ ।

यस्तै, दोस्रो त्रैमासिकसम्म ६२ लाख ७० हजार डलर खर्च हुनुपथ्र्यो । तर, यस अवधिमा जम्मा ५ लाख ८० हजार डलर खर्च भएको छ । एडिबीले पहिलो प्याकेजको ठेक्का सन् २०१८ मे १५ (जेठ १ गते) सम्म गर्नुपर्ने सीमा तोकेको थियो । तर, उसैका कारण ठेक्का सम्झौतामा ढिलाई भएको कम्पनीका अधिकारीहरू बताउँछन् ।

पहिलो प्याकेजअन्तर्गत बाँध, जलाशयलगायत सिभिल निर्माण र दोस्रो प्याकेजमा सुरुङ, विद्युतगृह, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल निर्माण पर्छ । अहिले दुवै प्याकेजको ठेकेदार छनोट भई सम्झौता हुनमात्र बाँकी छ ।

अायाेजनामा एडिबीके अगुवार्इमा जापान अन्तर्राष्ट्रिय सहयाेग नियाेग (जाइका), युराेपियन इन्भेष्टमेन्ट बैंकलगायतकै ऋण लगानी छ । अायाेजना नेपाल विद्युत प्राधिकरणकै शतप्रतिशत स्वामित्वकाे कम्पनीले निर्माण अघि बढाएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएकाे गुनासाे

काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत नपाएपछि संसदीय समितिमा छलफल भएको छ । बुधवार संघीय संसदको अर्थसमितिमा बाढी प्रभावित आयोजनाका प्रतिनिधि, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान), ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री, राष्ट्र बैंकका गभर्नर, ऊर्जा सचिव र राजस्व सचिवसहित छलफल भएको हो ।

प्रतिकृया दिनुहॊस