आज खिर खाने दिन ,के छ यसको महत्व ?

काठमाडौं । आज  साउन १५ अर्थात् खीर खाने दिन। नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहँदै आएको मानिन्छ।

पूजाआजा, अर्चना, श्राद्ध, विहे, वर्तबन्ध अनि कुनैपनि हिन्दू रीतितिथी मिल्दो संस्कार सम्पन्न गर्दा खिर एउटा अपरिहार्य परिकारको रूपमा नेपालीहरूबिच लोकप्रिय पकवान हो ।

खीरमा सुख्खा फल मिसाउँदा भिटामिन, खनिज जस्ता तत्व पाउन सकिन्छ।  यसलाई नेपाली समाजमा मीठो र पोषिलो खानेकुरामा लिइन्छ ।

खिर खांदा स्वस्थ्य र फुर्तिलो बनाउन सहयोग पु¥याउने विश्वास लिने गरिएको छ । आजको दिन घरपरिवार, इस्टमित्र र चेलीबेटीलाई बोलाएर खुसियालीका साथ खिर खाएर रमाइलो गर्ने प्रचलन समेत रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

यस्ताे छ घरैमा सुकुटी बनाउने तरिका

दसैंमा मासुका विभिन्न परिकारहरू बनाइन्छ। जस मध्ये एक हाे सुकुटी । बफ/चिकेन सुकुटी हरेक उमेर …

प्रतिकृया दिनुहॊस