फाइल फोटो

माघ मसान्तसम्मै उपत्यकाका विद्यालय र फिल्म हल बन्द रहने

काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि नयाँ नियम लागू भएको छ । उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुने गरी नयाँ आदेश जारी गरेका हुन् ।

उपत्यकाका सिडिओले सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएका छन् । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।

बैठकले विद्यालय, विश्वविद्यालय, ट्युसन सेन्टर लगायत शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन गर्न नदिने निर्णय गरेको छ । सबै प्रकारका आमसभा, सभा, भेला, मेलालगायतका बढी भिडभाड हुने स्थानहरू बन्द गर्न आदेश गरिए पनि पूर्वनिर्धारित अन्तर्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिताको हकमा भने दर्शकविहीन वा सीमित दर्शक राखी सञ्चालन गर्न सकिने छ ।

यस्तो छ नयाँ आदेश :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस