जाल्पा सामुदायिक लघुवित्तले आईपीओ विक्री खुल्ला गर्ने

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ २१ गतेदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन तथा विक्री खुल्ला गर्ने भएको छ। कम्पनीले ५ करोड २२ लाख रुपैयाँ बराबरकोे ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

निष्कासन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरुलाई, २६ हजार १०० कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याएको छ भने बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

उक्त आईपीओमा आवेदन दिने मिति छिटोमा माघ २५ गतेसम्म रहेको छ भने ढिलोमा फागुन ६ गतेसम्म रहेको छ । उक्त आइपिओमा न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्म सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ।

आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

नेपालमा सार्वजनिक भयो ल्याक्मे सनस्क्रिन

काठमाडौं । नेपालमा ल्याक्मे सनस्क्रिन सार्वजनिक गरिएको छ। ‘स्टन इन द सन’ ट्यागलाइनको साथ उक्त …

प्रतिकृया दिनुहॊस