संक्रमित व्यक्ति आइसोलेसनमा नबस्नू गैरजिम्मेवारीको पराकाष्ठा : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमण पुष्टि भएपछि पनि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भीर खेलबाड भएको बताएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै महामन्त्री शर्माले संक्रमित व्यक्ति आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति गम्भीर खेलबाड भएको बताएका हुन् ।

एमाले ओलीलाई कोरोना देखिए पनि बिहीबार सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । ओलीको नाम नलिई त्यसतर्फ संकेत गर्दै शर्माले कोरोना संक्रमण पुष्टिपछि आइसोलेसन बस्नु हरेकको जिम्मेवारी हुने बताए । ‘संक्रमण पुष्टिपछि (आइसोलेसन)मा बस्नु हामी हरेकको जिम्मेवारी हो,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पालना नगर्नु बहादुरी होइन गैरजिम्मेवारीको पराकाष्ठा, कानुनको उलंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत हो ।’

शर्मा पनि हालै कोरोना संक्रमित भएका थिए । उनले आफू आइसोलेसनमा बसेर आजदेखि पुनः पार्टी संगठनको काममा फर्केको बताएका छन् । ‘संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु,’ उनले भनेका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस