एनआईबीएल समृद्धि फन्ड-१ ऋणपत्र बोलकबोलमा बिक्री गरिँदै

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंक कोष प्रवर्द्धक र एनआईबीएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबीएल म्युचुअल फन्ड अन्तर्गत सञ्चालनमा रहेको पहिलो सामूहिक लगानी योजना-एनआईबीएल समृद्धि फन्ड-१ पुस २२ गते परिपक्व भएको थियो ।

फन्ड परिपक्व भएपछि योजना खारेजीमा लैजाने क्रममा एनआईबीएल समृद्धि फन्ड-१ को स्वामित्वमा रहेको साधारण सेयरहरू/ऋणपत्रहरू बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचनाअनुसार उक्त साधारण सेयरहरू न्यूनतम मूल्य १०० को दरले तथा ऋणपत्रहरू न्यूनतम मूल्य १००० को दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाएको छ ।

साथै, सेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ति, फर्म, कम्पनी, सघं संस्थाहरूले माघ १३ देखि २० गते सम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाटमा आफूले लिन चाहेको सेयरहरू/ऋणपत्रहरू दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत्आवेदन पेस गर्न सकिने संस्थाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस