घट्दै कोभिड संक्रमण, नयाँ भेरियन्टको चेतावनी कति सत्य ?

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर घट्दै गएको देखिएको हो ।

पुस १९ गते परीक्षण गरिएकामध्ये २.६ प्रतिशतमा कोरोना पुष्टि भएको थियो । यो दर पुस २५ गते बढेर ९.१ प्रतिशतमा पुगेको थियो । यो संख्या पुस ३० गते पुग्दासम्म २४.७ प्रतिशत पुगेको पुग्यो ।

यसरी मन्त्रालयको आँकडा विश्लेषण गर्दा माघ १ गते ३१‍‍‍.८ प्रतिशतमा कोरोना पुष्टि भएको देखिन्छ । यो सङ्ख्या माघ ५ गते ४८.४ प्रतिशत पुगेको छ । तेस्रो भेरियन्ट फैलिएपछि माघ १० गते अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको देखिन्छ । माघ १० गते परीक्षण गरिएकामध्ये ४८.६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । त्यसयता भने संक्रमण दर विस्तारै घटेको देखिन्छ । माघ ११ गते ४६.३ प्रतिशतमा संक्रमण पुष्टि हुँदा माघ १२ गते ४१.५ र १३ गते ३६.८ प्रतिशतमा झरेको छ ।

जसरी तीव्र गतिमा फैलिएको छ त्यही गतिमा घट्दै जाने विज्ञको प्रक्षेपण अनुसार ओमिक्रोन संक्रमणदर घटेको देखिन्छ । विश्वमा पनि त्यस्तै टेन्ड्र देखिएको प्रा.डा.जनक कोइरालाको भनाइ छ । ‘विश्वका अन्य देशको तथ्यांक हेर्दा यो भेरिएन्ट ३ देखि ४ हप्ता उच्च हुने र विस्तारै ओरोलो लाग्दै गएको देखिएको छ । नेपालमा पनि अब बिस्तारै ओरालो लाग्दै जान्छ’, उनले भने ।

खोप नलगाए गम्भीर असर
ओमिक्रोनको संक्रमण कोरोना भाइरसविरुद्धको खोप लगाएका/नलगाएका दुवै सङ्क्रमित भएका छन् । यो भेरिएन्टले धेरैजनालाई सामान्य लक्षण देखाए पनि बालबालकाले केही बामिसलाई आईसीयूमा भर्ना भएर उपचार गनुपर्ने अवस्था पनि आएको डा. कोइराला बताउँछन् ।

उनकाअनुसार संक्रमित भएकामध्ये खोप नलगाएकालाई संक्रमितलाई धेरै गा-हो बनाएको अस्पतालमा देख्न सकिन्छ । अध्यानले पनि बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ ।

नयाँ भेरियन्ट आउने चेतावनी
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको यो भेरिएन्ट अन्तिम नभएको भन्दै हेलचेक्राइन नगर्न आग्रह गरेको छ । यसपछि पनि नयाँ भेरिएन्ट आउन सक्ने उसको चेतावनी छ ।

विश्वमा दुई वर्षमा कोरोना भाइरसको प्रकृति हेर्दा ६-६ महिनामा नयाँ म्युटेशन आएको देखिएको डा कोइरालाको भनाई छ । उनकाअनुसार कुनै देशमा तीन-चार महिना पनि कोरोनाको नयाँ म्युटेशन भएको छ । नयाँ भाइरस कस्तो अवस्थामा आउँछ भन्ने एकिन नभएको डा. कोइरालाको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई दिइयो आयुर्वेद सम्बन्धी अभिमुखीकरण (तस्बिरहरुसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले पूर्ण स्तनपान प्रवर्द्धनका लागि स्वास्थ्यकर्मीलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण …

प्रतिकृया दिनुहॊस