नेप्से परिसूचक उकालाेमा, ३.३३ अंककाे वृद्धि

साताको अन्तिम कारोबार दिन शेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ। यस साताभरि लगातार घटेको नेप्से आज भने ३.३३ अंकले बढेर २ हजार ७७९.९८ बिन्दुमा बन्द भएको छ भने सेन्सेटिभ इन्डेक्स पनि ०.३८ अंकले बढेर ५१८.७२ बिन्दुमा रोकिएको छ।

आज २२४ वटा धितोपत्रको ७७ लाख ७५ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। २ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर रहेका छन्।

कारोबार रकमको आधारमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सर्बाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २० करोड रुपैयाँको शेयर खरिद विक्रि भएको हो। कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ६ वटा समूहको परिसूचक घटेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस