भारतमा थपिए २ लाख ८६ हजार संक्रमित, ५७३ जनाको मृत्यु

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या बढिरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ८६ हजार ३८४ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ५७३ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १९.५९ प्रतिशत रहेको छ । त्यहाँ एकैदिन ३ लाख ६ हजार ३५७ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या २२ लाख नाघेको छ ।

अहिले भारतमा २२ लाख २ हजार कोरोनाका सक्रियसंक्रमित छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९१ हजार ७०० जनाको मृत्यु भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस