आज पनि घट्याे नेप्से, करिब ६ अंकको गिरावट

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार ओरालो लागेको छ। आज नेपाल स्टक एक्सेञ्ज (नेप्से) परिसूचक ५.९२ अंकले घटेर २ हजार ८१४.७४ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकले घटेर ५२४.८६ बिन्दुमा झरेको छ।

आज २२९ वटा धितोपत्रको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। २ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

शेयर मूल्य सकारात्मक सर्किट लाग्ने कम्पनीमा बिन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन्।

कारोबार रकमको आधारमा एसियन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको २६ करोड ९४ लाख ५१ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस