छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयर आजबाट विक्री खुल्ला

छ्याङ्दी हाइड्रोपावर लिमिटेड कम्पनीले हकप्रद शेयर निष्कासन तथा विक्री खुल्ला गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद शेयर जारी गरेको हो।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने उक्त हकप्रद शेयरमा ग्लोबल आइएमई क्यापिटलको कार्यालय नक्साल तथा ग्लोबल आइएमई बैंकको लमजुङका विभिन्न शाखा कार्यालयबाट फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत फागुन २ गतेसम्म आवेदन दिन सकिनेछ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

इन्फ्लेक्शनसँग जोडियो राकुटेन भाइबर, सबैका लागि पर्सनल एआई प्रदान गर्ने लक्ष्य

काठमाडाैं । राकुेटेन भाइबरले एआई स्टुडियो इन्फ्लेक्शनसँग साझेदारी गरेको छ। ‘कन्भर्सेसन इज द न्यू इन्टरफेस …

प्रतिकृया दिनुहॊस