उत्तर कोरियाद्वारा दुई वटा मिसाइल प्रहार

उत्तर कोरियाले मंगलबार आफ्नो पूर्वी तटको एउटा समुद्रमा दुई वटा क्रुज मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाको योनहाप समाचार संस्थाले सेनाको स्रोतलाई उदृत गर्दै सो जानाकारी दिएको हो।

उत्तर कोरियाले केही दिनयता श्रृंखलाबद्ध ढंगले आणविक हतियार परीक्षण गरिरहेको छ । उत्तर कोरियाले गरेको मिसाइल परीक्षणको प्रवृतिबारे दक्षिण कोरियाले समिक्षा गरिरहेको बताइएको छ। तर, दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफको कार्यलयले उत्तर कोरियाको मिसाइल प्रहारबारे पुष्टि गरिसकेको छैन्।

प्योङयामाथि राष्ट्रसंघको प्रतिबन्धअन्तर्गत क्रुज मिसाईल प्रहारमा भने रोक लगाएको छैन्। अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले बारम्बार आणविक हतियार परीक्षण गरेको छ। यस वर्षमात्र उत्तरले चार पटक व्यालिस्टिक मिसाइल परीक्षण गरिसकेको छ।एजेन्सी

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

काठमाडाैं । रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै …

प्रतिकृया दिनुहॊस