भारतमा एकैदिन २ लाख ५५ हजार संक्रमित, ६१४ जनाको मृत्यु

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहरमा दैनिक संक्रमितको संख्या घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ लाख ५५ हजार ८७४ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६१४ जनाको मृत्यु भएको छ ।

यस अघि सोमबार ३ लाख ३ हजार संक्रमित भएका थिए । भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको १५.५२ प्रतिशत रहेको छ । त्यस्तै भारतमा एकै दिन २ लाख ६७ हजार ७५३ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या २२ लाख नाघेको छ । अहिले भारतमा २२ लाख ३६ हजार कोरोनाका सक्रिय केस रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ९० हजार ४६२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस