दुई निर्जीवन बीमा कम्पनीले ९९ कराेड रूपैयाँकाे हकप्रद जारी गर्ने

कठमाडौं । दुई निर्जीवन बीमा कम्पनीले ९९ करोड ५ लाख रूपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएका छन् । शिखर इन्स्योरेन्स कम्पनी र आईएमई जनरल इन्स्योरेन्सले अब छिट्टै नेपाली पुँजीबजारमा ९९ करोड ५ लाख ९१ हजार रूपैयाँ बराबरको हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने वतााएका छन् ।

नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति पाएसँगै यी इन्स्योरेन्स कम्पनीले  हकप्रद जारी गर्न बाटो खुला भएको हो । माघ ५ गते बसेको बोर्डको सञ्चालक समितिको बैठकले लामो समयअघिदेखि पाइपलाइनमा रहेका शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्सलाई हकप्रद जारी गर्न स्वीकृति दिएको हो ।

यससँगै शिखरले ३० प्रतिशत अर्थात ५२ करोड ७५ लाख ५७ हजार २०० रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने छ । बोर्डले इन्स्योरेन्सलाई अंकित मूल्य एक सय रुपैयाँ दरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रदको लागि स्वीकृति दिएको हो । उक्त हकप्रद सेयर निष्काशन गर्नको लागि इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।

 

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस