लेवनडोस्की फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष अवार्ड

काठमाडाैँ । बार्यन म्युनिखका पोलिस स्ट्राइकर रोबर्ट लेवनडोस्कीले २०२१ को फिफा पुरुष वर्ष खेलाडीको अवार्ड जितेका छन् । ३३ वर्षिय लेवनडोस्कीले लगातार दोस्रो वर्ष यो अवार्ड हात पार्न सफल भए ।

२०२१ मा ६९ गोल गरेका लेवनडोस्कीले लिभरपुलका मोहम्मद सलाह र पेरिस सेन्ट जर्मेइन (पिएसजी) का लियोनेल मेसीलाई पछि पार्दै अवार्ड हात पारे । लेवनडोस्कीले २०२१ मा गर्ड मुलरले बुन्डेस लिगमा एकै क्यालेन्डर इयरमा गरेको सर्वाधिक गोलको कीर्तिमान तोडेका थिए।  उनले ३४ खेलमान ४३ गोल गर्दै कीर्तिमान तोडे । लेवान्डोस्कीले यो अवार्ड तीनै लिजेन्ड गर्ड मुलरप्रति समर्पित गरेका थिए ।

म्यानचेस्टर युनाईटेडका  क्रिस्टियानो रोनाल्डोले स्पेशल अवार्ड हात पारे । रोनाल्डो केही समय अघि अन्तर्राष्ट्रिय फुटबलमा ‘अल टाइम टप स्कोरर’ बनेका थिए । बार्सिलोनाकी एलेक्सिया पुटेलासले वर्ष महिला खेलाडीको अवार्ड हात पारिन् । चेल्सीका थोमस टुचेलले वर्ष उत्कृष्ट प्रशिक्षकको उपाधि जिते । उनले चेल्सीलाई लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए ।

टोटनह्यामका पूर्व विंगर एरिक लमेलाले आर्सनलविरुद्ध गरेको गोलले पुस्कास अवार्ड हात पार्‍यो । चेल्सीकी एडवार्ड मेन्डी उत्कृष्ट गोलरक्षक बने । उनले च्याम्पियन्स लिग फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले हराउँदा क्लिन सिट राखेका थिए ।

डेनमार्कको राष्ट्रिय टिमलाई फिफा फेयर प्ले अवार्डबाट सम्मानित गरियो । २०२१ मा भएको युरो कपमा फिनल्यान्ड विरुद्धको आफ्नो पहिलो खेलमानै क्रिश्टियन एरिक्सन मैदानमा ढल्दा डेनमार्कको टीमले प्रशंसनीय काम गर्दै उनको ज्यान बचाएको थियो । चेल्सीकी एमा हायसले महिला वर्ष प्रशिक्षकको उपाधि जितिन ।

कसले कुन अवार्ड हात पारे

  • वेस्ट फिफा पुरुष खेलाडी:  रोबर्ट लेवनडोस्की
  • वेस्ट फिफा महिला खेलाडी:  एलेक्सा पुटेलास
  • फिफा फ्यान अवार्ड:  डेनमार्क र फिनल्यान्डका समर्थक
  • वेस्ट फिफा पुरुष प्रशिक्षक:  थोमस टुचेल
  • वेस्ट फिफा महिला प्रशिक्षक:  इमा हाएस
  • फिफा फेयर प्ले अवार्ड: डेनमार्क राष्ट्रिय टोली र स्टाफ
  • वेस्ट पुरुष गोलरक्षक:  इडुआर्ड मेन्डी
  • वेस्ट महिला गोलरक्षक:  क्रिस्टिएन इन्डलेर
  • फिफा वेस्ट स्पेशल अवार्ड: क्रिस्टियानो रोनाल्डो

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस