भारतमा तीस गुणाले बढ्यो कोरोना संक्रमण

एजेन्सी । भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुणाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता संक्रमणबाट बच्ने उपाय अवलम्बन न्यून देखिएको छ ।

कोभिड बढिरहेका बेला लाखौँ हिन्दु भक्तजनहरूले गंगा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । हिन्दु धर्मअनुसार संक्रान्तिमा पवित्र गंगामा स्नान गर्नाले सम्पूर्ण पाप नष्ट हुनुका साथै मृत्युपछि पुण्य प्राप्त हुन्छ ।  शनिबार पश्चिम बंगालस्थित गंगामा भक्तजनको भीड नै लागेको थियो । उनीहरूले संक्रमणको कुनै ख्याल नै गरेका थिएनन् ।

भारतमा महाराष्ट्रपछि पश्चिम बंगालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएका छन् । भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस