अस्पतालमा चिकित्सक र कर्मचारीकाे अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयको निर्देशन

सरकारले देशभरका अस्पताल र प्रयोगशालाहरूमा महामारीका बेला कर्मचारीको अभाव हुन नदिने प्रबन्ध गर्न निर्देश गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णयबाट देशभरका अस्पताल र प्रयोगशालाहरूलाई पत्राचार गर्दै जनशक्ति अभाव हुन नदिन निर्देशन गरेको हो।

मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्यसञ्चालक केन्द्रले कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार गर्न स्वीकृत दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ती व्यवस्थापन गर्न निर्देशन दिएको हो।

त्यस्तै करारमा भर्ना भएका स्वास्थ्यकर्मी/ कर्मचारीहरुको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने केन्द्रले जनाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस