चीनले १७ मिनेटसम्म ‘कृत्रिम सूर्य’ चलायो

एजेन्सी । चीनले यसै साता पारमाणविक फ्युजन भट्टीको सुरुवात गरेको छ । जसलाई कृत्रिम सूर्य भन्ने गरिन्छ । चीनको समाचार एजेन्सी सिन्ह्वाकाअनुसार वास्तविक सूर्यभन्दा पाँचगुणा तातो भट्टीलाई १७ मिनेटसम्म चलाइएको थियो । परीक्षणको बेला १७ मिनेटसम्म ७ करोड डिग्री सेल्सियससम्म तापक्रम पुगेको बताइएको छ ।

चीनले यस पारमाणविक फ्युजन रियाक्टबाट असीमित सफा ऊर्जा उत्पादन गर्ने लक्ष रहेको जनाएको छ । दसकौं लामो अनुसन्धानपछि पनि कृत्रिम सूर्य निर्माण गर्न कठिन भएको थियो ।

चिनियाँ विज्ञान प्रतिष्ठानको इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका अनुसन्धानकर्ता तथा यस प्रयोगका प्रमुखहरूमध्ये एक गोंग सिनाझुले पछिल्लो कार्यले फ्युजन रियाक्टर चलाउन ठोस वैज्ञानिक र प्रयोगात्मक आधार प्राप्त भएको जनाएका छन् ।

‘यदि चीनले निरन्तर आफ्नो कृत्रिम सूर्यमाथि काम गर्न सकेमा हामीले भविष्यमा अझै धेरै सफलता हासिल गर्न सक्छौँ । १७ मिनेट यसलाई चलाउन सक्नु भनेको लामो समय होइन । तर, लामो समयसम्म ७ करोड डिग्री सेल्सियस तापक्रममा चलाउन सक्नु निकै प्रभावकारी हुनेछ । हामीले यसअघि पनि १० करोड डिग्रीका अन्य कृत्रिम सूर्यहरूपनि देखिसकेका छौं’, उनले भने ।

वास्तविक सूर्यको भौतिकशास्त्रको नक्कलमा कृत्रिम सूर्य बनाइन्छ । कृत्रिम सूर्यले परमाणविक न्युक्लेइलाई एकीकृत गरेर बृहत परिमाणमा ऊर्जा निकाल्ने गर्छ । कृत्रिम सूर्य चलाउन कुनै जीवाशेष इन्धनको आवश्यकता नपर्ने तथा त्यसले कुनै हानिकारक चिज नफाल्ने भएकाले पनि यसले वातावरणलाई निकै कम खतरा पुर्‍याउने भौतिकशास्त्रीहरूको भनाइ छ ।

विश्वमा कृत्रिम सूर्य बनाउने चीन एक मात्र मुलुक भने होइन । चीनको यसै रियाक्टर टोलीले फ्रान्सको मार्सिल्लेमा पनि काम सुरु गर्ने भएको छ । त्यसैगरी बेलायतले पनि आफ्नै परमाणविक फ्युजन पावर स्टेसन बनाउने योजना बनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस