⚘ गजल ⚘

थियो मन शान्त , चलायौ तिमिले
गर्‍यौ जाल झेल,जलायौ तिमिले

शुरुआत स्वयं , गरेर जगैको
छानु नै नछाइ, ढलायौ तिमिले

बिना चोट,खोट, कुशलै थिएँ म
रच्यौ प्रेम माखा, गलायौ तिमिले

मेरो हृदयको, उर्वर गरामा
छर्यौ बिज काँढा, फलायौ तिमिले

नचिन्नु तिमिलाइ, गल्ती हो मेरै
बिरालो-मुसा झैँ, छलायौ तिमिले
D.p.khakurel

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस