सिटिजन्स बैंकको नाफा ३० प्रतिशत बढेर १ अर्ब ४० करोड पुग्यो

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खदनाफा १ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो । बैंकले  सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा निक्षेप तथा कर्जा विस्तार प्रक्षेपण गरे अनुसार रहेको जानकारी दिएको छ ।

त वर्ष बैंकको ब्याज आम्दानी बढेर २ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ थियो । गत वर्ष बैंकले ४६ करोड ४१ लाख रुपैयाँ निष्क्रिय कर्जा असुल (राइट ब्याक) गरेको छ ।

समीक्षा अवधिमा बैंकको निक्रिय कर्जा अनुपात घटेर १.२५ प्रतिशतमा झरेको छ । गत चैतसम्म यस्तो कर्जा १.४६ प्रतिशत थियो ।

निक्षेप लागत बढेर ८.४५ प्रतिशत पुगेको छ । गत चैतसम्म यस्तो लगात ८.३५ प्रतिशत थियो । बैंकको कर्जा निक्षेप अनुपात ७७.८७ प्रतिशत छ । आधार दर बढेर ११.७८ प्रतिशत पुगेको छ ।

तेस्रो त्रैमाशमा बैंकको आधार दर ११.१५ प्रतिशत थियो । ब्याजदर अन्तर ३.८४ प्रतिशत छ । प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा रहेको छ ।

बैंकको संचित कोषको आकार बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकले ६१ अर्ब ६८ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ५७ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस