चिकेन चिल्ली बनाउने तरीका

 

चिकेन चिल्ली
चाहिने समाग्रीहरुः
छाला काढेको कुखुराको मासु    ६०० ग्रा.
अण्डा                १ वटा
मैदा                ३० ग्राम
मकैको पीठो            १५ ग्राम
नुन                स्वाद अनुसार
तेल                १÷२ लिटर
अदुवा र लसुनको पेष्ट        २ चम्चा
भेडे खुर्सानी            २०० ग्राम
प्याज                १५० ग्राम
हरियो खुर्सानी काटेको        ४ वा ५ वटा
ससको लागिः
तेल                १५ मीली लिटर
लसुन पेष्ट    २ चम्चा
भीनेगर    १ चम्चा
खुर्सानीको रातो धुलो    १ चम्चा
सोया सस    १ चम्चा
नुन    स्वाद अनुसार
मरिचको धुलो     १ चम्चा
टमाटो केचप     स्वाद अनुसार
पानी     १०० मी.ली.

बनाउने विधि

पहिला कुखुराको मासु मनपर्ने आकारमा काट्ने र एउटा भाँडोमा राख्ने । त्यसमा अण्डा, मैदा, मकैको पीठो र नुन राखेर मोल्ने । राम्ररी मोलिसकेपछि कराईमा तेल तताउने । तेल तातीसकेपछि सुनौलो रंग आउने गरि राम्रोसंग  मोलेको मासु फ्राइ गर्ने । फ्राइ गरिसकेपछि एउटा भाँडोमा राख्ने । राम्रोसंग  तेल तताउने र तताइसकेपछि अदुवा, लसुनको पेष्ट र प्याजलाई फ्राइ गर्ने । फ्राइ गरेको भाँडोमा ग्रीन चिल्ली राख्ने र राम्ररी टुक्रा पारेको भेडे खुर्सानी पनि राखिदिने । त्यसपछि हट सस राख्ने र सुनौलो रंग आउनेगरी फ्राइ गरेको कुखुराको मासु राखेर केही मिनेटसम्म चलाईरहने । यति गरेपछि चिकेन चिल्ली खानकालागि तयार हुन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

यस्ताे छ घरैमा सुकुटी बनाउने तरिका

दसैंमा मासुका विभिन्न परिकारहरू बनाइन्छ। जस मध्ये एक हाे सुकुटी । बफ/चिकेन सुकुटी हरेक उमेर …

प्रतिकृया दिनुहॊस