कुखुरा बोकेको जीप दुर्घटना : एकको मृत्यु, दुई जना घाइते

काठमाडाैँ । सिन्धुलीको सुनकोशी गाउँपालिका-६ मा गए राति कुखुरा बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

महोत्तरीबाट कुखुरा लिएर काठमाडौं आउँदै गरेको प्रदेश २-०३-००१ च ४००८ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना हुँदा जीपमा सवार सर्लाहीको लालबन्दी नगरपालिका-१५ का २० वर्षीय कुनथाङ मोक्तानको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका जीप चालकसहित दुई जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

साइबर ब्युरो भन्छ- गणेशमानको मुद्दा गृहमन्त्रीसँग असम्बन्धित, अश्लील पोस्टबारे अनुसन्धान हुँदैछ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको …

प्रतिकृया दिनुहॊस