फाइल फोटो

आज करीब १५ लाख मात्रा मोडर्ना खोप आउँदै, अहिलेसम्म कतिले लगाए खोप ?

काठमाडौं । कोभिड-१९ विरुद्धको करिब १५ लाख डोज मोडर्ना खोप आज (बिहीबार) नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज आउन लागेको हो ।

उस्तै आउँदो आइतबार मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप आउने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जानकारी दिए । योसँगै नेपाल भित्रने मोडर्ना खोपको कूल संख्या ३६ हजार ५१ हजार ६०० डोज पुग्नेछ । यसअघि शुक्रबार मोडर्नाकै एक लाख ८८ हजार डोज खोप आएको थियो ।

यस्तै कोभिशिल्डको ६ लाख डोज हिजो आइपुगेको थापाले जानकारी दिए । कोभ्याक्स सुिवधाअन्तर्गत प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्षमुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा अहिलेसम्म कतिले लगाए खोप ?
नेपालमा अहिलेसम्म ८८ लाख भन्दा धेरैले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार खोपको पहिलो मात्रा लगाउनेको संख्या एक करोड पाँच लाख पुगेको छ । नेपालको कूल जनसंख्याको २८ प्रतिशतले पूर्ण र ३४ प्रतिशतले पहिलो डोज खोप लगाएका अधिकारीले जानकारी दिए ।

आजभोलि हरेक दिन सरकारले ५० देखि ६० हजार नागरिकलाई कोरोनाविरुद्धको खोप दिइरहेको छ । अधिकारीका अनुसार अहिलेसम्म नेपालमा दुई करोड ७३ लाख डोज खोप आइसकेको छ । करिब साढे तीन करोड डोज खोप पाइपलाइनमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कसरी रहने स्वास्थ्य ? सिकाउँदै ‘भान्साघर औषधालय’ कार्यक्रम (तस्वीरहरु)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले स्वास्थ्य रहन अपनाउनुपर्ने उपायबारे जनचेतना प्रदान गरिरहेको छ …

प्रतिकृया दिनुहॊस