बिना कसुर ४१ वर्ष भारतीय जेलमा थुनिएका दुर्गाप्रसादलाई पाँच लाख भारु क्षतिपूर्ति

काठमाडौं । बिना कसुर ४१ वर्ष भारतीय जेलमा थुनिएर गएको चैतमा छुटेका इलाम माई नगरपालिका-१० लुम्बकका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई तत्काल भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतले आदेश दिएको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात आठ लाख नेपाली रुपैयाँ जम्मा गर्न पश्चिम बङ्गाल सरकारलाई आदेश दिएको हो ।

आदेशअनुसार अबको ६ हप्ताभित्र दीपक जोशीको खातामा बङ्गाल सरकारले रकम जम्मा गर्नु पर्नेछ । सकेसम्म यो रकम दुर्गाप्रसादकै खातामा पठाइने कोलकातामा रहेको नेपाली महावाणिज्यदूत ईश्वर पौडेलले बताए । दुर्गा प्रसादको खातामा पठाउन नसके आमा वा नजिकको आफन्तको खातामा पठाइने पनि उनले बताए । यस्तै, उहाँले यो आदेशले थप क्षतिपूर्तिका लागि असर नपार्ने पनि बताएका छन् ।

अनाहकमा जेलमा राखिएकै कारण मानसिक रोगी बनेका तिम्सिनाको औषधि उपचारमा समस्या पर्दै आएको थियो । अदालतको आदेशले परिवारलाई राहत महसुस भएको छ । दार्जिलिङकी एक महिलाको हत्या अभियोगमा विना कसुर जेल परेका तिम्सिनाले सुनुवाइ विना नै ४१ वर्ष भारतीय जेलमा बिताएका थिए ।

अभियोग नै पुष्टि नभई जेलमा राखिएका दुर्गा प्रसादको मानसिक अवस्था ठीक नभएको भन्दै गएको चैतमा जेलबाट रिहा गर्न कोलकाता उच्च अदालतले आदेश दिएको थियो । दुर्गाप्रसाद १९ वर्षको छँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यहाँबाट आएको पैसा लिएर उनी काम खोज्दै दार्जिलिङ पुगेका थिए । दार्जिलिङमा एक युवतीको हत्या आरोपमा उनी पक्राउ परेका थिए । आरोप प्रमाणित नभएपछि २०७७ चैत ४ गते कोलकाता उच्च अदालतले दुर्गाप्रसादलाई रिहा गर्न आदेश दिएको थियो । चैत ७ गते उनी कोलकाताको दमदम कारागारबाट रिहा भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- प्रिय रन्जिता ! मिल्दा मनैले मिलौँ, छुट्टिँदा पनि जग नहँसाएर छुट्टिऔँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नी रन्जितासँगको विवाद फेसबुकमा छताछुल्ल पारेका …

प्रतिकृया दिनुहॊस