उपत्यकाका तीनै जिल्लामा कोरोनाविरुद्धको खोप लगाइँदै, यी हुन् खोप केन्द्र

काठमाडौंं । उपत्यकाका तीनै वटै जिल्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप दिइने भएको छ । तोकिएका खोप केन्द्रबाट १८ वर्षमाथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, शहीद मेमोरियल अस्पताल कलंकी, लोट्से भवन नयाँ बसपार्क, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ ।

यस्तै काठमाडौंमा नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनिक, जडीबुटी, कोटेश्वरमा पनि कोरोनाविरुद्धको खोप दिइने मन्त्रालयले जनाएको छ ।

काठमाडौं र ललितुपरका खोप केन्द्रमा बिदाको दिन बाहेक बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म निःशुल्क खोप लगाइने छ । यस्तै भक्तपुरमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खोप दिइने छ ।

यी हुन् खोप केन्द्र ?

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राति साढे ३ बजे बेहुली घरका लागि छुटेको बस सडक भासिएर भीरमा खसेको थियो

काठमाडौं । सिन्धुपाल्चोकमा भएकाे बस दुर्घटनामा परी मृत्यु भएका तीन जनाकाे पहिचान खुलेकाे छ । …

प्रतिकृया दिनुहॊस