कांग्रेस महाधिवेशन : प्रचण्ड र नेपाल ओलीसँग एउटै मञ्चमा देखिने

काठमाडौँ । कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा तीन ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेता एउटै मञ्चमा देखिने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले २४ मंसिरमा १४औं महाधिवेशनको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन गर्दै छन् ।

उक्त उद्घाटन समारोहको मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आमुन्ने-सामुन्ने बसाउने भएको हो । नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला हुन लागेका हुन् ।

विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ । ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली-नेपाल पनि भेट छैन । नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

काठमाडौं । कतारका राजा शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । दुई …

प्रतिकृया दिनुहॊस