डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

काठमाडाैं । डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ । छ्यासीकोस्थित टेलिपोर्टबाटसेवा दिँदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको जानकारी दिएको छ ।

कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरिएको कम्पनीले जनाएको छ ।

छ्यासीकोटमा रहेको डिशहोमको स्टेशनबाट फाइबर केबलको माध्यमबाट डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पुयाइनेछ । नयाँ पोर्टबाट टेलिभिजनका सिग्नल स्याटेलाइटमा अपलिंक गरेपछि प्रशारण गर्न सकिने डिसहोमको दाबी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिशहोमको जतिको रिचार्ज उति नै बोनस अफर

काठमाडौं । डिशहोम डीटीएचका ग्राहकहरुले अब रिचार्ज गरेको रकमबराबर नै बोनस प्राप्त गर्ने भएका छन्। …

प्रतिकृया दिनुहॊस