विवाहको १० दिनमै दुर्घटनामा परी दम्पतीको मृत्यु

काठमाडाैँ । बैतडीमा सोमबार साँझ भएको जीप दुर्घटनामा नव दम्पतीको पनि मृत्यु भएको छ । नव दम्पती २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विकको पनि दुर्घटनामा मृत्यु भएको हो । उनीहरूको १० दिनअघि मात्रै विवाह भएको प्रहरीले जनाएको छ । उनीहरू घरबाट दुल्हन फर्काउन माइती जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा नव दम्पतीसहित पाँच जनाले ज्यान गुमाएका छन् भने ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पाटन बजारबाट कैलपाल हिँडेको से १ ज ८८८ नम्बरको जीप सोमबार साँझ पाटन नगरपालिका-१ सकार खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा नव दम्पतीसहित १३ वर्षीय बालक विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई र ४० वर्षीया जानकारी भट्टराईले पनि ज्यान गुमाएका छन् ।

चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । ग्रामीण कच्ची सडकमा तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । दुर्घटनापछि चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । गत बुधबार ग्वार्कोस्थित …

प्रतिकृया दिनुहॊस